ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ३ नारायणस्थानमा कांग्रेसको कार्यक्रम सकेर फर्किएको टोयटा गाडी दुर्घटनामा परेको छ । घरघर जाऔँ कांग्रेस जिताऔं अभियान कार्यक्रम सकेर चनौटे फर्किँदै गरेको स्टेट २ बी एए ४६५२ नम्बरको गाडी सडकबाट करिब ३० मिटर तल झरेर दुर्घनामा परेको हो ।
दुुर्घटनमा आधा दर्जन घाइते भएका छन् । उनीहरुलाई घटनास्थलबाट उद्दार गरेर ओखलढुंगा सामुदायिक अस्पतालमा पठाइएको नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालले बताए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।