ओखलढुंगा, ओखलढुंगा एमालेका सल्लाहकार प्रेमकुमार तामाङसहित २ दर्जन कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । आज नेपाली कांग्रेस मोलुङ गाउँपालिका वडा नं ६ को वडा कार्यालय स्थापना तथा टोल कमिटी गठनको सिलसिलामा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
तामाङ २०५४ सालमा साविक श्रीचौर गाविसका उपाध्यक्ष समेत हुन् । उनीसहित श्रीचौर साविक ८ नं वडाका वडाध्यक्ष चन्देन लामा, एमाले मोलुङ गाउँपालिका वडा नं ६ वडा कमिटीका सचिव सुरेश कट्वाल समेत कांग्रेस प्रवेश गरेका हुन् ।
उनीहरुलाई कांग्रेसका नेताहरुले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।