काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा प्रदीप सुनुवारसहित ६७ जना मनोनयन गरेका छन् ।
केन्द्रीय कार्यसमितिको चैत १५ गते बसेको बैठकले गठन गरेको प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वको प्रसार समितिमा केन्द्रीय सदस्य र भ्रातृ संस्थाका प्रमुखहरुलाई मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि प्रचार प्रसार समिति बनाएको हो । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको छ ।