spot_img
spot_img
२०७९ भदौ १  
spot_img

खिजीदेम्बाका अध्यक्ष वेदबहादुर रोकाको उदाहरणीय काम, विकासमा जुट्ने जनप्रतिनिधिलाई सम्मान

spot_img

ओखलढुंगा, जिल्लाको खिजीदेम्बा गाउँपालिकाले खिजीदेम्बा गाउँपालिकाको विकासमा हातेमालो गरेर योगदान पुर्याउने जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको ११औँ गाउँसभाबाट जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिनै लाग्दा गाउँपालिका उपाध्यक्षसहित ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुलाई सम्मान गरेर रानीतिक संस्कार देखाएको छ । ‘५ वर्षे कार्यकालमा हामीले जे गर्यौँ एक भएर गर्यौँ, राजनीतिक स्वार्थभन्दा माथि उठेर सबैले हातमा हात मिलाएर गाउँपालिकाको विकासमा जुट्यौँ,’ गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले भने, ‘विकास, समृद्धि र सुन्दर भविष्य निर्माण गर्न अहोरात्र खटेर जनहितमा काम गर्ने जनप्रतिनिधिलाई सम्मान गरेका हौँ ।’

जनप्रतिनिधिहरुलाई गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले खादा, अबिर र प्रशंसापत्रसहित सम्मान गरेका थिए । विकासमा जुट्ने जनप्रतिनिधिलाई सम्मान गरेर गाउँपालिकाले उदाहरणीय काम गरेको हो ।

यो गाउँपालिकामा विगत ५ वर्ष अविधमा विकासका काममा राजनीतिक हिसाबले विवाद र अवरोध सिर्जना भएको थिएन ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img