ओखलढुंगा, पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस ओखलढुंगामा मनाइएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन जिल्ला समितिले स्मृति दिवस मनाएको हो ।
ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरिएको हो । आज साँझ एक कार्यक्रमका बीच कांग्रेस नेताहरु बालकृष्ण दाहाल, विनोदकुमार केसी, ज्ञानेन्द्र रुम्दाली, हेमालक्ष्मी राई, सूर्यप्रकाश राईलगायतका नेताहरु सहभागी भएर फलफूल वितरण गरेका थिए ।