spot_img
spot_img
spot_img

टुटेपानीमा लिफ्टिङ गरेर खानेपानी

spot_img

भानु नगरपालिका–१३ टुटेपानी गाउँमा विद्युतीय लिफ्टिङ प्रणालीमार्फत ‘एक घर एक खानेपानी’को धारा जडान गरिएको छ । गाउँभन्दा ९० मिटर तल रहेको आहालडाँडा खोलाबाट विद्युतमार्फत लिफ्टिङ गरेर घरघरमै खानेपानीको धारा जडान गरिएको हो ।

गाउँमा ३५ धारा जडान गरिएको छ ।  ३२ घरसँगै दुई सामुदायिक भवन र अरनिको माध्यमिक विद्यालयमा खानेपानीको धारा जडान भएको छ । उपभोक्ता समितिमार्फत खानेपानी योजनाको काम सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर बामदेव पौडेलले बताए ।

९१ लाख ६६ हजार रुपैयाँ लागत अनुमान गरेर सुरु काम भएको आहालडाँडा खानेपानी योजना ४० लाख रुपैयाँ कममै सम्पन्न भएको छ । ५१ लख रुपैयाँ मात्र खर्च भएको उनले बताए । सोलार लिफ्टिङको सट्टा विद्युतीय लिफ्टिङ गरेकाले काम लागतमा योजना सम्पन्न भएको उनले जनाए । सोलार लिफ्टिङ मर्मतमा बढी खर्चिलो हुने भएकाले विद्युतीय लिफ्टिङ गरेको उनको भनाई छ ।

आहालडाँडा खानेपानी योजनाको काम निर्धारित छ महिना अगावै काम सकिएको छ । ‘असार मसान्तसम्म म्याद थियो । मंसिरमै काम सकियो । पुसमा उद्घाटन गर्‍यौं’, इन्जिनियर पौडेलले भने । २०७६ कात्तिकदेखि घरघरै खानेपानी पुर्‍याउनलाई काम सुरु भएको हो ।

स्थानीय कौशिला गुरुङका अनुसार गाउँमा पुराना सात वटा खानेपानीको धारा थियो । धारामा ल्याईएको पानीको मूल सुकेपछि चार महिना पधेरोबाट पानी बोकेर दैनिकी गुजार्नुपर्ने बाध्यतामा थिए गाउँले । ‘माघदेखि वैशाखसम्म टुटेपानी पधेरोबाट खानेपानी बोकेर प्रयोग गरिन्थ्यो’, उनले अगाडी थप्दै भनिन्, ‘सक्नेले एक गाग्री पानी १५ मिनेटमा ल्याइपुर्‍याउथे । नसक्नेलाई त आधा घण्टा बढी पनि समय लाग्थो ।’

टुटेपानी तनहुँको पर्यटकीय गाउँ हो । गाउँवासी मिलेर केही वर्षदेखि होमस्टे चलाएका छन् ।  घरघरै खानेपानीको धारा भएपछि होमस्टे चलाउन सजिलो भएको आहालडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष होमबहादुर गुरुङले बताए । ‘चौबिसै घण्टा धारामा पानी आउन थालेको छ । काम छाडेर पानी बोक्न जानु परेन । घरघरै धारा भएपछि होमस्टे फस्टाउने विश्वास लिएका छौँ’, उनले भने ।

गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ अभियान अन्तर्गत टुटेपानीमा घरघरै खानेपानी धारा जडान गरिएको हो । घरमै खानेपानीको धारा पाएपछि गाउँले दंग परेका छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img