spot_img
spot_img
२०७९ भदौ १  
spot_img

दिलीप तामाङको उदाहरणीय काम, हजुरबुवाको सम्झनामा ककनी लगलगे मन्दिरमा बनाए सुन्दर गेट

spot_img

ओखलढुंगा, चैत १६ । स्वर्गीय हजुरबुवाको सम्झनामा सिद्धिचरण नगरपालिका वडा नं ८ स्थायी घर भई बेलायत निवासी एक युवाले ककनी लगलगे मन्दिरमा साढे ५ लाख रुपैयाँ खर्चिएर प्रवेशद्वार गेट निर्माण गरेका छन् । गणेशबहादुर तामाङको स्मृतिमा उनका नाति दिलीप तामाङले उक्त गेट निर्माण गरेका हुन् ।

चम्पादेवी मन्दिरको पूर्वीद्वारमा निर्माण गरिएको गेटले चम्पादेवी मन्दिरको आकर्षण थपेको छ । ‘हजुरबुवाको सम्झनामा केही सामाजिक काम गरौँ भन्ने लागिरहेको थियो,’ निर्माणकर्ता तामाङले भने, ‘त्यसैले मन्दिरमा गेट निर्माण गरेको हुँ ।’

गेटसँगै प्रवेशद्वारमा घण्टीसमेत स्थापना गरिएको छ । केही समयअगाडि नै निर्माण भएको उक्त गेट तामाङ नेपाल आएर उद्घाटन गरेका हुन् ।

20220328 111122 111135

गेट निर्माणका लागि नाति दिलीप तामाङसहित स्वर्गीय गणेशबहादुरका श्रीमती विमाया तामाङ, भतिज दीपक तामाङ, भतिजी बुहारीहरु रुपा तामाङ तथा कार्चुङ तामाङ, नातिनी गीता तामाङ, नातिनी बुहारी दीपा तामाङ, पनातिनी डेनिशा तामाङ, पनाति केल्सङ तामाङलगायतले समेत साथ दिएका छन् ।

20220328 111049 111216 1

चिताएको पुग्ने विश्वासले हरेक वर्षको हरिबोधनी एकादशीदेखि पञ्चमीसम्म चम्पादेवी लगलगे मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । यो मन्दिर २०१४ सालमा स्थापना भएको हो । यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुने विश्वासले ओखलढुंगा लगायत आसपासका जिल्लाका भक्तजन समेत पूजाआजाका लागि आउने गरेका छन् । चम्पादेवी लगलगे मन्दिरमा भीड बढ्दै जाँदा पानीको छाँगो बढ्दै जाने विश्वास गरिन्छ ।

यो मन्दिरमा झाँक्री नाच समेत प्रदर्शन गरिँदै आएको छ । यस मन्दिरमा कृषि उपज बढोस् भनेर किसानहरुले विशेष पूजाआजा गर्दै आएका छन् । सन्तान नहुनेहरुले सन्तान प्राप्ति होस् भनेर वर माग्ने गरेका छन् । यहाँको मन्दिरसँगै मेला समेत लाग्ने गरेको छ ।

अन्य समयमा पनि यहाँ भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img