spot_img
spot_img
२०७९ भदौ १  
spot_img

बौद्धिक अपांगता भएका बालकलाई मेयर खनालले गरे आर्थिक सहयोग

spot_img

ओखलढुंगा, ३ असार । जिल्लाको सिद्धिचरण नगरपालिका ११ गोरुमारेभञ्ज्याङका २ जना बौद्धिक अपांगता भएका बालकका लागि सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले आर्थिक सहयोग गरेका छन् । उनले बालकको घरमै पुगेर बालकका आमा बुवावालाई आर्थिक सहयोग गरेका हुन् ।

मेयर खनालले बालकका बुवा शेरबहादुर विश्वकर्मालाई १० हजार हस्तान्तरण गरेका थिए । उनले शारीरिक रुपमा समेत अशक्त रहेका बालकको दयनीय अवस्था देखेर व्यक्तिगत सहयोग गरेको बताए । ‘चुनावको बेला उहाँहरुको घरमा पुगेको थिएँ,’ मेयर खनालले भने, ‘उहाँहरुको अवस्था देखेर सहयोग गरेको हुँ ।’

मेयर खनालको सहयोगबाट पीडित परिवार खुसी भएको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img