spot_img
spot_img
spot_img

मनाङका स्थानिय तह प्रविधि मैत्री, चारवटै स्थानीय तहका माेबाइल एप

spot_img

मनाङका स्थानिय तह प्रविधिमैत्री बन्दै गएका छन् । मनाङ ङिस्याङ गाउँपालिका, चामे, नार्पाभूमि र नासों गाउँपालिका गरी चार स्थानीय तह छन् । चारवटै स्थानीय तहका वेभसाइट अद्यावधिक (अपडेट) छन् । गाउँपालिकाले गरेका क्रियाकलापको जानकारी र तस्बिर वेभसाइट, मोबाइल एप, फेसबुक र ट्वीटरबाट सार्वजनिक गर्ने गरिएको छ । सबै गाउँपालिकाले मोवाइल एप बनाएका छन् ।

सबै गाउँपालिकाले फेसबुक अकाउन्ट खोलेका छन् । यी सबै संचालनका लागि हरेक स्थानीय तहमा सूचना प्रविधि अधिकृत राखिएका छन् । नागरिकलाई स्थानीय तहको सेवासुविधाबारे जानकारी दिन डिजिटल बडापत्र राखिएको छ । कार्यालयका कर्मचारीले विद्युतीय हाजिरी गर्न थालेका छन् । डिजिडल बडापत्र र विद्युतीय हाजिरी मेशिन राख्ने क्रममा रहेको स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले बताएका छन् ।

नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार गाउँपालिकालाई प्रविधिमैत्री बनाइएको छ । कार्यालयको वेभसाइट, मोवाइल एप, फेसबुकमार्फत गाउँपालिकाका कामकारबाहीको जानकारी दिने गरिएको उनले बताए । उनका अनुसार कर्मचारीको हाजिरी विद्युतीय मेसिनबाट गर्न थालिएको छ ।

मनाङ ङिस्याङ गाउँपालिकामा पनि डिजिटल बडापत्र राखिएको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । फेसबुक, मोबाइल एप र वेभसाइटमार्फत गाउँपालिकाले गर्दै आएका कामकारबाहीबारे जानकारी दिने गरिएको छ । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार डिजिटल बडापत्र र विद्युतीय हाजिरी सुरु गरिएको छ । गाउँपालिकाले गर्ने कामकारबाही मोबाइल एप, वेभसाइट, फेसबुक अकाउन्टबाट जानकारी गराउँदै आएको उनले बताए ।

मनाङमा सबैभन्दा विकट मानिने नार्पाभूमि गाउँपालिकाले समेत मोबाइल एप, ट्वीटर, फेसबुक पेज र वेभसाइट संचालन गरेको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले बताए । नार्पाभूमि गाउँपालिका यसअघिको नार र फू गाविस मिलेर बनेको हो ।

प्रविधिका यी सञ्जालमा स्थानीय तहका कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा विवरण, महत्वपूर्ण स्थानहरु, आपतकालीन नम्बर राखिएका छन् । जनप्रतिनिधि र कर्मचारीको फोटोसहितको सम्पर्क विवरण राखिएका छन् । मनाङमा अहिले प्रविधिका माध्यमबाट सूचना आदानप्रदान तथा कार्यसम्पादन हुन थालेको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img