spot_img
spot_img
२०७९ भदौ १  
spot_img

यस्तो छ स्थानीय तह निर्वाचन तालिका

spot_img

काठमाडौं, निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नामामावली सार्वजनिक हुने तय गरिएको छ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते फिर्ता लिन सकिनेछ भने त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै वैशाख ३० गते बिहान ७ देखि साँझ ५ बजेसम्म चुनाव मतदान कार्यक्रम तय गरिएको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img