spot_img
spot_img
spot_img

इगर कप खुल्ला क्लब च्याम्पियनसिप

spot_img

टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिपको पहिलो खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लब र न्यु डाइमण्ड स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुँदा पुरुषतर्फ हेल्प नेपाल र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । 

प्रतियोगितामा आर्मी र न्यु डाइमण्डबीचको खेल सोमबार बिहान ८ बजे सुरु हुनेछ । यस्तै हेल्प नेपाल र पुलिसबीचको खेल सोही दिन मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । 

प्रतियोगिताको महिला पुरुष दुबैतर्फको विजेताले समान तीन लाख र उपविजेताले एक लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, दुबैतर्फका तेस्रो टोलीले ७५ र चौथो टोलीले ३५ हजार नगद पाउनेछन् ।

यस्तै प्रतियोगितामा विधागत पुरस्कार पनि महिला र पुरुष दुबैतर्फ समान रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

राउन्ड रोबिन पद्दतीमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ आर्मी र न्यु डाइमण्डसँगै आयोजक टाइगर ग्रुप पोखरा, एपिएफ क्लब र नेपाल पुलिस क्लब गरी पाँच टोली सहभागी छन् । 

यस्तै, पुरुषतर्फ हेल्प नेपाल र नेपाल पुलिससँगै गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब र एपिएफगरि पाँचै टोलीको सहभागीता छ । 

पुस २६ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img