spot_img
spot_img
spot_img

सिरानीमुनिका पैसा खोज्दै अर्थमन्त्री शर्मा

spot_img

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तरलता अभाव सृजना हुन नदिन घरमा लुकाएर राखिएको पैसा खोज्न आफू लागिपरेको बताएका छन् । उनले पैसा घरमै लुकाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सिरानीमुनिको पैसा खोज्नु आवश्यक भएको अभिव्यक्ति दिएका हुन् ।

शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले वर्तमान अवस्थामा देखिएको तरलता अभावप्रति चिन्ता व्यक्त गरे । ‘आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु,’ उनले भने ।

मन्त्री शर्माले हाम्रो पूँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन भन्ने प्रश्य राख्दै त्यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्ने बताए ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img