spot_img
spot_img
spot_img

अमेरिकामा राजेशपायलमाथि दुर्व्यवहार गर्ने पासाङले मागे माफी

spot_img

गायक राजेशपायल राईलाई अमेरिकाको न्यूयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले राजेशपायललाई खादा ओढाउँदै माफी मागेका हुन् ।

शेर्पाले माफी माग्दै भनेका छन्, ‘न्यू इयर इभको दिन भएकाले पनि म केही उत्तेजित भएँ । मैले उहाँलाई अंगालो हालेर उचाल्न खोजेको हुँ । तर, मेरो कारणले उहाँलाई कार्यक्रममा डिस्टर्ब भयो । म माफी माग्न चाहन्छु । म सबैसँग हात जोडेर माफी माग्छु ।’

आफूसँग भेटेरै माफी मागेपछि उनलाई माफी दिइएको राजेशपायलले बताए । ‘उहाँले मलाई आफैं भेटेर माफी माग्छु भन्नुभएछ । मेरो तर्फबाट उहाँलाई माफी छ । हामी मिलिसकेको जानकारी दिन चाहन्छु,’ राजेशपायलले भने ।

यसैबीच, गायक राजेशपायल राईले गल्ती मानिसबाटै हुने र पासाङ दावा शेर्पाले आफ्नो गल्ती स्वीकार गरिसकेकाले उनलाई अब गाली-गलौज नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा शेर्पाले माफी मागेको भिडियो समेत राखेर राजेशपायलले गल्ती स्वीकार्नु नै महानता भएको उल्लेख गरेका छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img